१ असार २०८३, सोमबार | Mon Jun 15 2026

एमाले फुटने छैन टुटने छैन पुनर्गठन हुनेछः योगेश भट्टराई

३१ जेठ, काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले नेता रामकुमारी झाँक्रीको मागको कवितात्मक भावमा सम्बोधन गरेका छन । आइतबार झाँक्रीले फेसबुक मर्फत केपी ओलीलाई छाडेर हैन सँगै लिएर हिडिदिनुस दाजु भन्दै याचना गरेकी थिइन। सोमबार बिहान भट्टराईले त्यसको सम्बोधनमा एमाले फुटने र टुटने भन्दा पुनर्गठन हुने बताएका छन ।

उनले भनेका छन,

ढुक्क रहनुहोस
लोभ छैन
पाप छैन
पुनर्गठन हुनेछ
फुटने छैन
टुटने छैन
सबै मिल्ने छन
थप एकताबद्ध हुनेछन
सबैको सम्मान हुनेछ
मति सुध्रने छ
गति बढ़ने छ ।

यसरी भट्टराईले सबैको सम्मान र थप एकताबद्ध भएर पार्टी अघि बढ्ने दाबी गरेका छन। उनले लोभ र पाप नभएको र बिग्रेकाहरूको मति सुध्रिएपछि गति बढ्ने विश्वास व्यक्त गरेका छन । त्यसअघि आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओली माथि नै ‘कु’ हुने संकेत झाँक्रीले गरेकी थिइन । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहित नेताहरू माथि ‘कु’ गर्ने तयारीमा रहेका ओली माथि नै ‘कु’ हुन लागेको नेता रामकुमारी झाँक्रीले संकेत दिँदै उनले त्यसो नगर्न योगेश र शंकरका नाममा याचना गरेकी थिइन ।

आइतबार अवेर फेसबुकमा महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई तस्बिरसहित लामो टिप्पणी राख्दै झाँक्रीले ओलीलाई सँगै लिएर हिड्न अनुरोध गरेकी थिइन । ओलीलाई बा शब्दले सम्बोधन गर्दै झाँक्रीले बामात्र पनि समस्या नरहेको दाबी गरेकी छिन । उनले भनेकी छिन, ‘आजको यो समाजमा कसैको लागि ‘बा’ समस्या हुन । तर म भन्छु ‘बा’ मात्र समस्या होईनन् ।’

रामकुमारीको पुरै टिप्पणी तल पढ्नुहोस्

प्रिय दाइहरू!
हरप्रकारका असामान्य परिस्थितिलाई सामना गर्दै, जित्दै आउनु भएका तपाई दुई जना अखिलका पूर्व अध्यक्षहरू। यो बेला सिङ्गो देशले तपाईहरूलाई हेरेको छ। करीब पाँच लाख बढी पार्टी सदस्यहरू र करीब १४ लाख भन्दा बढी यस पटक भोट हालेका मतदाताहरूले पार्टीका समर्थक र सुभेच्छुकहरूले तपाईहरूलाई नियाली रहेछन।

आजको नेपाली समाजका चुनौति के हुन भन्ने कुरा तपाईहरूलाई थाहा छ। र, यसको समाधान वा उपचार के हो? र, कसरी गर्न सकिन्छ भन्ने पनि थाहा छ । त्यसैले सबै भन्दा पहिले आजको नेपाली समाज, यसका जटिलता, घटनाक्रम, भएका र गराईएका घटनाहरू बारे पार्टीको दृष्टिकोण एउटै बनाउनुस् । यो शैद्दान्तिक कुरा हो। त्यसपछि एक पटक तलतल जनताको बिचमा जाउँ। पार्टीलाई अपडेट गरौं। सुझावहरू पनि लिउँ, दिऔं। अनि तपाईहरूले जसरी यि समस्याहरूको हल गर्ने सोच्नु भएको छ, खोज्नु भएको छ, त्यो विषयमा बालाई सहमत गराउनुस् । अथबा बाको (आईडियामा) विचारमा सहमत भएर अगाडी बढ्ने सोच्नुस्। खोला वारी खोला पारि पिपलु र बर जस्तै हिडेर गन्तब्यमा पुग्न सकिदैन। एमाले कमजोर हुदा राष्ट्रले के के मूल्य चुकाउनुपर्छ भन्ने कुरा पनि त तपाईहरूलाई थाहा छ।

आजको यो समाजमा कसैको लागि बा समस्या हुन। तर म भन्छु बा मात्र समस्या होईनन्। समस्या धेरै छन पार्ची भित्र र बाहिर दुबैतिर। समाजमा अनि हामी पार्टी कार्यकर्तामा पनि छन्। यसको बस्तुपरक विश्लेषण आवश्यक छ। बस्तु र घटमा बारे विश्लेषण गर्ने हाम्रो आफ्नो दृष्टिकोण छ। यस्तो विश्लेषण पार्टीको दर्शन, सिद्दान्त, बिचार राजनिती र ईतिहाँस (जे भन्नुस) यसको आलोकमा गर्नुपर्छ। नमिलेका विषय बस्तु मिल्ने बिन्दु पहिल्याउने माध्यम नै दृष्टिकोण हो। पुराना “ब्यागेज” छाडेर नयाँ ढंगले सोच्नुस तपाईहरू। यसो गर्दा अध्यक्षको साथ छोड्ने होईन, साथमा लिएर हिड्नुस्।

जनसंगठनहरूका ईन्चार्ज र अध्यक्षहरूको भेलामा दिएको शंकर दाइको विश्लेषण मलाई गज्जव लागेको थियो। तपाईको विश्लेषण र क. अध्यक्षको विश्लेषणमा तात्विक भिन्नता पनि छैन। अब एक पटक एकले अर्कोलाई दोष लगाएर होईन, सामुहिक कमजोरी भए हाम्रा भन्ने स्वीकार गरेर, अगाडी बढ्ने वातावरण बनाउन पहल कदमी तपाईहरूले लिनुहोस्। समय बलवान छ। समय कसैको नियन्त्रणमा एकैनास रहदैन। हरेक कालरात्री पछि नै हो सुर्य उदाउने।

मैले यहाँ “दाईहरू” “बा” भनेर लेखेको छु तर भूलबस लेखेको होईन। जानी जानी लेखेको छु। पछिल्ला दिनहरू जब म एमाले फर्के सबै भाइ/बहिनीहरू र दाइ/दिदीहरूको एउटै कमेन्ट पाएँ त्यो हो “यस्ता पार्टीका कयौ प्लेटफर्महरूमा तिमीलाई/दिदीलाई हामी खुब मिस गर्थौ। हो मैले पनि त्यसै गरी धेरै मिस गर्थे।
हामी सबैको आफ्नो आफ्नो ठाउॅमा महत्व छ।

संकटको सामुहिक सामना गर्ने हो। दाईहरू तपाईहरू दायाँ बायाँ नगर्नुस्। यति भन्ने अधिकार बहिनी भएर पाएको हो। कमरेडको रूपमा सायद म यसो भन्न नसकुला आजै।

प्रकाशित मिति : June 15, 2026 at 10:34 am