बालेनको अभिव्यक्ति र रविले पाएको सम्मानको परिणाम देखिन थालेको छः ऐन महर
१ असार, काठमाडौँ । नेकपा (एमाले)का नेता ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अभिव्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतमा पाएको सम्मानको परिणाम देखिन थालेको बताएका छन ।
सोमबार बिहान फेसबुक मार्फत महरले यस्तो बताएका हुन । उनले भारतले नेपालको चियामाथि परीक्षणका नाममा प्रतिबन्ध लगाएको विषयमा केन्द्रीत भएर बालेन र रविका बारेमा कटाक्ष गरेका छन ।

यस्तो छ महरको टिप्पणी
मैले त्यतिकै बालेन्द्र साहलाई देशद्रोहि राष्ट्रघाति र रबि लामिछानेलाई भारतले दिएको सम्मान लेण्डुप दोर्जेलाई जस्तै दिएको र दशैंमा खसी लाई एकदम माया गरेर घाँस ख्वाउनु जस्तै हो भनेर त्यतिकै भनेको होइन । प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टमबाट दिएको देशद्रोहि र राष्ट्रघाटि अभिव्यक्ति र रास्वपा सभापति रबि लामिछानेलाई दिएको भव्य सम्मानको परिणाम देखा पर्न थालेको छ ।
भारतले नेपालको चियामाथि परीक्षणको नाममा प्रतिबन्ध लगायो । परिणामस्वरूप इलाम र झापाका ८३ उद्योग बन्द गरिएका छन् । नेपाललाई दैनिक करोडौंको क्षति भएको छ । किसान, उद्योगी, मजदुर सबै ठूलो मर्कामा परेका छन् । घण्टी गिरोहले पुरानो भारी नबोक्ने, नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा गयो भनिएको यसैलाई होला । नेपाल बफर स्टेट भएको, नेपालले भारतको सीमा मिचेको, बेलायतलाई बोलाएर सीमा समस्या समाधान गर्ने जस्ता देशद्रोही व्यवहार देखाउँदा पनि नपुगेर नेपाली चिया प्रतिबन्ध गरिएको छ ।

प्रकाशित मिति : June 15, 2026 at 10:08 am









