१ असार २०८३, सोमबार | Mon Jun 15 2026

बिजनेश इन्टरेस्ट ग्रुप अफ इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने

१ असार, काठमाडौं। बिजनेश इन्टरेस्ट ग्रुप अफ इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ ।

जेठ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १६ गते काठमाडौंको बसुन्धारामा रहेको यति इभेन्ट्समा अपरान्ह १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

dainiki.com

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, कम्पनीको नाम परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र कम्पनीले विभिन्न कम्पनीमा गरेको लगानी बिक्री तथा व्यवस्थापन गर्ने अन्य प्रस्तावहरु समेत पारित गरिनेछ ।

प्रकाशित मिति : June 15, 2026 at 9:41 am