विकास बैंकहरुको नाफा ६ अर्ब २४ करोड, कुनकाे कति ?
३१ जेठ, काठमाडाैं। चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामासम्ममा विकास बैंकहरुले ६ अर्ब बढी नाफा कमाएका छन् । याे अवधिमा विकास बैंकहरुले ६ अर्ब २४ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म यी बैंकहरुले ४ अर्ब ३८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ४२.५० प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले लुम्बिनी विकास बैंक अगाडि रहेको छ। चालु वर्षको वैशाखसम्म गरिमा विकास बैंकले १ अर्ब २० करोड ७९ लाख रुपैयाँ नाफा कमाएकाे छ। अघिल्लो वर्षकाे यही अवधिसम्म बैंकले ८६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएकाे थियो।

यसैगरी, साे अवधिमा मुक्तिनाथ विकास बैंकले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ नाफा कमाएकाे छ। अघिल्लो वर्षकाे साेही अवधिसम्म बैंकले ८७ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले यो अवधिमा ८९ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६१ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो।
साथै, वैशाखसम्म ज्योति विकास बैंकले ७२ करोड ४९ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ६७ करोड २ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले ६३ करोड ६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले ५४ करोड ६० लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकले ४६ करोड ३८ लाख रुपैयाँ नाफा कमाएकाे छ ।
प्रकाशित मिति : June 14, 2026 at 5:03 pm









