२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

भुजुङ्ग हाइड्रोको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

२९ जेठ, काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले संस्थापक तथा सर्वसाधारण सेयरधनीका प्रतिनिधिहरू चयन गर्दै नयाँ सञ्चालक समिति गठन गरेको छ ।

संस्थापक सेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी र सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

dainiki.com

यसैगरी, साधारण सभाले स्वतन्त्र सञ्चालकमा रीता गौतमलाई मनोनयन गरेको छ । सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरू प्रस्तुत गरी छलफलपछि पारित गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सेयरधनीहरूबीच कम्पनीको भावी रणनीति र विकासका विषयमा समेत सकारात्मक अन्तरक्रिया भएको थियो ।

प्रकाशित मिति : June 12, 2026 at 2:00 pm