नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ९० करोडको कारोबार
२८ जेठ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंककाे गिरावट आएको छ । बिहीबार नेप्से ८.१४ अकंले बढेर २७२८.०३ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको ९२ करोड ३१ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो ।
बिहिबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । यस दिन दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
सप्ताकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक १३.५१ प्रतिशत घटेको छ। सिटि होटलको यस दिन सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २३ करोड ६३ लाख ४३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
प्रकाशित मिति : June 11, 2026 at 3:21 pm









