२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोतियोः हर्क साम्पाङ

२८ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालबाट विभेद गरिएको भन्दै उनले संसदीय व्यवस्थाको मर्मअनुरूप संसद नचलेको बताएका हुन्।

देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुन नसक्ने बताएका छन् । ‘सार्बभौमसत्ता भन्दा ठूलो कुनै विषय बन्न सक्दैन, बन्नु हुँदैन । यथार्थमा दशकौंदेखि हाम्रो सिमाना भारतले मिच्दै आइरहेको छ,’ उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘प्रधानमन्त्री आफैंले नेपालले पनि धेरै ठाउँहरुमा भारतको सिमाना मिचेको छ भन्नु राष्ट्रघाती छ र यसर तथ्यहीन अभिव्यक्तिले हाम्रो राष्ट्रिय स्वाभिमान गिरेको महसुस भएको छ ।’

dainiki.com

‘प्रधानमन्त्रीले बोलेको कुरा सच्चाउनु पर्छ भन्ने मागसहित असहमति व्यक्त गरिरहँदा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले राखेको उक्त अभिव्यक्तिको स्पष्टीकरण दिन लाग्दा श्रम संस्कृति पार्टीको असहमति र विरोध रहेको थियो,’ उनले विज्ञप्तिमार्फत् भनेका छ्न, ‘त्यो देखेर सबै प्रतिपक्षी दलका नेताहरूलाई रोष्ट्रम प्रयोग गरी बोल्न दिँदा श्रम संस्कृति पार्टीलाई बोल्न नदिनुले सभामुखले पक्षपात गरेको आफू आएको दलको सरकारको गल्ती ढाकछोप गर्न खोजेको र सरकारको पक्षमा उभिएको देखिन्छ। विधिको शासनमा विश्वास गर्ने हाम्रो पार्टीले सार्वभौम संसदभित्र सभामुखजस्तो जिम्मेवार पदबाट यस्तो विभेदकारी व्यवहार हुँदा लोकतान्त्रिक संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोतिएको छ।’

संसदको मर्यादा र गरिमा दिनदिनै खस्कँदै गइरहेको उनले बताएका छन्। यसो हुनुमा सभामुखको कमजोरी नै प्रमुख कारण रहेको उनले आरोप लगाएका छन्।

प्रकाशित मिति : June 11, 2026 at 10:38 am