२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

छुट्ला है ! सर्वोत्तम पेन्ट्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२८ जेठ, काठमाडाैं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख २१ गतेदेखि २५ गतेसम्म पहिलो चरणअन्तर्गत ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको थियो।

dainiki.com

कम्पनीकाे आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार २ गते र ढिलोमा असार ११ गते हुनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : June 11, 2026 at 9:22 am