मुख्य मन्त्रीले उद्घाटन गर्ने डार्विन नेपाल महोत्सवको तयारी अन्तिम चरणमा
अष्ट्रेलिया । अस्ट्रेलियाको उत्तरी शहर डार्विनमा जुन १३ तारिख शनिवार हुन लागेको नेपाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
बुधवार साँझ आयोजित पत्रकारहरुलाई महोत्सवको तयारी जानकारी दिन आयोजित भर्चुअल भेटघाटमा एनआरएनए नर्दन टेरोटेरी संयोजक त्रिलोचन सापकोटाले महोत्सव तयारीको ९५% काम पुरा भएको जानकारी दिनु भयो । महोत्सवको उद्घाटन नर्दन टेरोटेरीका मुख्य मन्त्री लिया फिनोचियारोले गर्ने हुनु भएको छ ।
संयोजक सापकोटाले नेपाली भाषा, कला, संस्कृती, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका बिभिन्न समुदायवीच प्रबर्द्धन गर्ने उदेश्यले नेपाल फेस्टिवलको आयोजना गरिएको बताउनु भयो । उहाले पुर्ब मेची देखि पश्चिम महाकाली ,हिमाल , पहाड र तराई सम्मका विविध कला ,संस्कृति र भेषभुसाहरु झल्काउने प्रयास स्वरुप नेपाली बिभिन्न परम्परा ,चाडपर्ब ,धर्म र संस्कृतिहरुको जगेर्ना गर्ने समेत उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनु भयो । सापकोटाले डार्बिनमा नेपाली समुदाय मात्र नभएर बहुसास्कृतिक समुदाय नै नेपाल महोत्सवमा आउने विश्वास गर्दै ४०% सहभागी गैर नेपाली हुने अनुमान गरिएको बताउनु भयो । उहाले गत बर्ष ९ हजार ५०० भन्दा बढिले महोत्सव अवलोकन गरेको अनुमान गरिएकोमा यस बर्ष १० देखी १२ हजार सम्मले अवलोकन गर्ने अनुमान गरिएको बताउनु भयो ।
डार्विनको वाटरफ्रन्टमा आयोजना हुने महोत्सवमा दिनको २ बजेबाट नेपाल झल्काउने झाकी सहित नेपाल परेड हुने, २.३० देखी ५ बजे सम्म औपचारिक कार्यक्रम र ५साँझ देखी राती १० वजे विविध सांस्कृतिक कार्यक्रम हुने कार्यक्रम रहेको छ । भने राती फायर वक्स पछि औपचारिक रुपमा कार्यक्रम समापन हुने भएको छ ।पत्रकार भेटघाटमा महोत्सवका लागि नेपालबाट अर्जुन सापकोटा बिहिवार डार्विन आउने समेत जानकारी दिईएको थियो ।
पत्रकार भेटघाटमा एनआरएनए नर्दन टेरोटेरीका पुर्व संयोजक संजिब गोर्खालीले महोत्सव सफलताका लागि सिङ्गो नेपाली समुदाय क्रियाशिल रहेको बताउनु भयो । सरकार समेतको सहयोगमा नेपाली समुदायको सक्रिय सहभागीका विचमा हुन लागेको महोत्सव नर्दन टोरोटेरीमा नेपाल र नेपालीहरुलाइ परिचित गराउने बताउनु भयो |
प्रकाशित मिति : June 11, 2026 at 6:45 am









