२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

इप्पानको नयाँ नेतृत्वका लागि नुवाकोटका बलराम र झापाका प्रकाश एकै समूहमा

२८ जेठ, काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को नयाँ नेतृत्वका लागि दुई प्यानलका बीचमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । २४औँ वार्षिक साधारणसभा मार्फत हुने नेतृत्व चयनमा नुवाकोटका बलराम खतिवडा र झापाका प्रकाश दुलालले छुट्टै प्यानल घोषणा गरेका छन । इप्पानको विधान विवाद बाँकी छँदै प्यानल घोषणा भएको छ ।

जेठ २९ गते हुने निर्वाचनका लागि खतिवडाको नेतृत्वमा २३ सदस्यीय प्यानल घोषणा भएको छ  । प्यानलको वरिष्ठ उपाध्यक्षमा खतिवडा छन् । उपाध्यक्षमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल, इन्जिनियर दीपक पौडेल र महिला उपाध्यक्षमा सिर्जना खड्का रहेका छन ।

महासचिवमा वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल रहेका छन । सचिवमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, इन्जिनियर वीरेन्द्रबहादुर मल्ल, महिला सचिवमा संगीता धमला तथा इशा श्रेष्ठ रहेका छन् । कोषाध्यक्षमा इन्जिनियर मिथुन पौडेल उमेदवार रहेका छन ।

सदस्यमा सोमनाथ कँडेल, डा. भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सीए नारायण कँडेल, सुकुन्द ओझा तथा महिला सदस्यमा ज्योति गैरे र इन्दिरा पन्त र प्रदीप ओली रहेका छन । यसअघि इप्पानको आगामी नेतृत्वका लागि उत्तम भ्लोन लामाले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : June 11, 2026 at 6:19 am