ज्ञानबहादुर शाहीको प्रश्नः भोलि हाम्रो मिचेको भूमि देऊ भन्यो भने कहाँको दिने ?
२७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सीमानाको विषय अतिसंवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि समय लिएर सांसद शाहीले नेपालले भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्ति सच्याइनुपर्ने माग दोहोर्याए । सीमानामा रहेका नेपालीहरू हरेक दिन देशको रक्षाका लागि लडिरहेको तर्फ सदनले गम्भीरताका साथ लिनुपर्ने बताए ।

शाहीले देशको प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । ‘अहिले प्रधानमत्रीले बोले आज रास्वपाको प्रधानमन्त्री हुनुहुन्छ बोल्नुभयो भन्ने विषयवस्तु होइन, भोलि अर्को प्रधानमन्त्री आउँदा तिम्ले हाम्रो देशको सीमा मिचेका छौं, कहाँकहाँ मिचेका छौं देऊ भन्योभने कहाँको भूमि दिने ?,’ शाहीले भने, ‘अति संवेदनशील मुद्दा हो ।’
प्रकाशित मिति : June 10, 2026 at 5:35 pm










