यसरी हेर्नुहोस् कालंगा हाइड्रोको आईपीओ नतिजा
२७ जेठ, काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बाँडफाँड गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ करोड ७० लाख रुपैयाँबराबरको २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २९ लाख १ हजार ९२४ जनाले ३ करोड १५ लाख ९२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २८ लाख ६० हजार ७६६ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेकोका कारण कम्पनी आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ८७ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
कम्पनीकाे आईपीओ नतिजा केही समयपछि प्रकाशन हुनेछ । कम्पनीकाे आईपीओ नतिजा सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ , मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login रबिक्री प्रबन्धकको वेबसाइट: https://www.sanima.capital/ipo बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : June 10, 2026 at 12:13 pm










