२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

प्रधानमन्त्री र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छः अर्थमन्त्री वाग्ले

 २७ जेठ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफुमाथि आक्रमण भइरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेटसम्बन्धि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

dainiki.com

‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,’अर्थमन्त्री वाग्लेले भने “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।” सार्वभौम संसदका माननीज्यूहरु पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन उनले आग्रह गरे । संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनले बताए ।

प्रकाशित मिति : June 10, 2026 at 11:58 am