२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मञ्जुश्री फाईनान्सको ८ लाख ३९ हजार कित्ता सेयर बिक्रीमा

२७ जेठ, काठमाडौं। मञ्जुश्री फाईनान्स लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले सञ्चालक समितिको बैठकको निर्णयानुसार कुल ८ लाख ३९ हजार ५८३ कित्ता सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

dainiki.com

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी थापाथलीमा रहेको कम्पनीको कन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।

साथै, तोकिएको उक्त मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै निवेदन नआएमा प्रचलिन नियमानुसार अन्य व्यक्तिलाई त्रिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : June 10, 2026 at 9:49 am