नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो
२६ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा झरेको छ। यस दिन ३५७ कम्पनीको ६३ हजार ७३२ पटकको कारोबारमा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँबराबरको १ करोड २३ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज १०५ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १५१ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस दिन १५ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ । यस दिन दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य यस दिन सर्वाधिक ९.१६ प्रतिशत घटेको छ। कृषि विकास बैंकको यस दिन सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : June 9, 2026 at 3:29 pm









