२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

सत्तापक्षलाई खुश्बु ओलीको चुनौतीः नेपालले भारतको भूमि मिचेको छ भनेर हस्ताक्षर गराइयोस्

२६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई समर्थन गरिरहेका सत्तापक्षका सांसदहरूलाई यसबारे हस्ताक्षर अभियान चलाएर संसदबाट पास गराउन चुनौती दिएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले यस्ताे बताएकी हुन् । उनले प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने आफ्नो अभिव्यक्ति संसदमा उपस्थित भएर आफै नसच्याउने हो भने सत्तापक्षले यसको समर्थनमा हस्ताक्षर अभियान चलाओस् भनेर चुनौती दिएकी हुन्। ओलीले सदनको अवरोध अन्त्य गर्न दुई वटा मात्रै विकल्प रहेको बताएकी छिन्

dainiki.com

उनले भनिन्, ‘यदि सत्तापक्षका सांसदहरू प्रधानमन्त्रीको अभिव्यक्तिमा सहमति जनाउनुहुन्छ। यदि त्यसो हो भने सत्तापक्षबाट हस्ताक्षर अभियान सुरू गरियोस्। हामी प्रतिपक्ष पनि त्यसमा हस्ताक्षर गरेर सदन खुलाउन तयार छौं।’ उनले दोस्रो प्रस्ताव राख्दै उनले भनिन्, ‘यदि यस्तो हस्ताक्षर नगर्ने हो भने प्रधानमन्त्रीले आफ्नो वक्तव्य सच्याउनुपर्छ।’ उनले यी दुईवटा बाहेक सदनको अवरोध खुलाउने अर्को उपाय नरहेकाे जनाएकी छिन् ।

प्रकाशित मिति : June 9, 2026 at 3:21 pm