कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो प्रतिनिधिसभा बैठक
२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
विपक्षीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसद्मै आएर माफी माग्नुपर्ने र उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।
प्रकाशित मिति : June 9, 2026 at 2:02 pm







