नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट
२५ जेठ, काठमाडाैं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज ३५६ कम्पनीको ८९ लाख ५१ हजार २९४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९१ करोड १ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज ४३ वटा कम्पनीको ५६ हजार ८४५ पटकको कारोबारमा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरको ९२ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज ४२ कम्पनीको सेयरमूल्य बढेकाे छ भने २२२ कम्पनीको सेयरमूल्य घटेकाे छ । ६ कम्पनीकाे सेयर मूल्य यस दिन स्थिर रहेकाे छ ।
आज सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन २० करोड ४६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कालिञ्चोक हाइड्रोपावरको सेयरमा यस दिन सकारात्मक सर्किट लागेकाे छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ७.१४ प्रतिशत घटेको छ।
प्रकाशित मिति : June 8, 2026 at 3:21 pm









