२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

आज सेन्ट्रल फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२५ जेठ, काठमाडाैं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज ३५६ कम्पनीको ८९ लाख ५१ हजार २९४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९१ करोड १ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज ४३ वटा कम्पनीको ५६ हजार ८४५ पटकको कारोबारमा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरको ९२ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज ४२ कम्पनीको सेयरमूल्य बढेकाे छ भने २२२  कम्पनीको सेयरमूल्य घटेकाे छ । ६ कम्पनीकाे सेयर मूल्य यस दिन स्थिर रहेकाे छ ।

आज सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन २० करोड ४६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, लक्ष्मी बैंक डिबेञ्चरको १७ करोड १७ लाख २० हजार रुपैयाँ,आँखु खोला जलविद्युत कम्पनीको १३ करोड ८० लाख ५७ हजार रुपैयाँ, सिटि होटलको ११ करोड ७८ लाख ३२ हजार रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको १० करोड ३८ लाख ३४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : June 8, 2026 at 3:18 pm