२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

कतिमा भयो सोपान फर्मास्युटिकल्सको पहिलो कारोबार ?

२५ जेठ, काठमाडौं । स्पेशल प्रि ओसन सेसनमा सोपान फर्मास्युटिकल्सको सेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता २७६ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो। गत जेठ २२ गते कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता सेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।

dainiki.com

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ५० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : June 8, 2026 at 11:12 am