अभियान लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने
२५ जेठ, काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । जेठ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश नदिने घोषणा गर्दै सेयरधनी निराश बनाएको छ ।

साथै सो बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ। २०७९ असोजदेखि दोस्रो बजारमा कारोबार आएको यस लघुवित्तले हालसम्म आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेको छैन।
प्रकाशित मिति : June 8, 2026 at 10:46 am









