सालपा विकास बैंकले बाेलाये साधारण सभा, कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव
२५ जेठ, काठमाडौं। सालपा विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । जेठ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी असार १५ गते खोटाङ जिल्लाको दिक्तेलमा रहेको शुभम फाउन्डेशनको परिसरमा बिहान ११ बजे बैठक बोलाएको हो ।
उक्त सभामा बैंकको हालको कार्यक्षेत्र बाहेक थप चार जिल्लामा बैंकको कार्यक्षेत्र विस्तार गर्ने प्रयोजन लगायत अन्य संशोधनका लागि नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, फेरबदल तथा थपघट गर्न निर्देशन भएमा आवश्यकता अनुसार संशोधन थपघट गर्न सञ्चालक समिति तथा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियार दिने र सञ्चालकहरुको सेवा सुविधा पुनरावलोकन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिले तयार पारेको बैंकको आव २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको अनुसुचीहरुमाथि छलफल गरी अनुमोदन गर्ने र आव २०८२/८३ को लागि बाहय लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।
यस्तै आगामी कार्यकालको लागि सञ्चालक समितिको चयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । साथै, साधारण सभा प्रयोजनका लागि बैंकले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको साे सभामा सहभागीका हुन सक्नेछन् ।
प्रकाशित मिति : June 8, 2026 at 9:51 am









