बालेनको बालापन भन्दै सुदनको टिप्पणीः प्रहरीले बोलाएछ भने हाजिर हुनेछु
२४ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाहमाथि टिप्पणी गर्दै नेतृत्व व्यक्तिमाथि होइन, समस्या र प्रक्रियामाथि केन्द्रित हुनुपर्ने बताएका छन्।
किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिक सिद्धान्तको दृष्टिले असल नेतृत्वको प्रमुख विशेषता व्यक्तिविशेषलाई लक्ष्य बनाउनु भन्दा समस्या पहिचान, समाधान र प्रक्रियाको सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
उनले लेखेका छन् , ‘सम्माननीय प्रधानमन्त्री बालेनको बालापन ! राजनीतिक सिद्धान्तको दृष्टिले, असल नेतृत्वको एउटा विशेषता व्यक्तिमाथि होइन, समस्या र प्रक्रियामाथि केन्द्रित हुनुपर्छ । जनताले नेतृत्वलाई संयमित, निष्पक्ष र जिम्मेवार देख्न चाहन्छन् । सार्वजनिक आलोचना भन्दा संस्थागत निर्णय, स्पष्ट निर्देशन र आवश्यक कारबाहीमार्फत सन्देश दिनु नेतृत्वको परिपक्व शैली मानिन्छ। यति भन्ने चाहीँ आँट गरे प्रहरीले बोलाएछ भने हाजिर हुनेछु ।’

प्रकाशित मिति : June 7, 2026 at 12:46 pm









