मर्जरको प्रस्ताव पारित गर्न मानुषी लघुवित्तले बोलायो साधारण सभा
२४ जेठ, काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभा बाेलाएकाे छ । जेठ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी असार १३ गते बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान साढे १० बजेदेखि शुरु हुनेछ ।
सभामा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिनेछ ।
यस्तै तीनवटै लघुवित्त एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा हालसम्म भएका निर्णय तथा कामकारवाहीलाई अनुमोदन गरिनेछ । सभामा गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात र गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण तथा सोहि अवधिको अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीकाे सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : June 7, 2026 at 9:23 am









