२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई युनाइटेड मोदी हाइड्रोपावरको आग्रह

२४, जेठ, काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई युनाइटेड मोदी हाइड्रोपावरले आग्रह गरेको छ।

विगतका आर्थिक वर्षहरूमा वितरण गरिएको तर हालसम्म पनि सेयरधनीहरूले नबुझेको नगद लाभांश दाबी गर्न सम्बन्धित सेयरधनीहरूलाई बुझिलिन आग्रह गरेको छ।

कम्पनीले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ को नगद लाभांश पाँच वर्षसम्म पनि दाबी नगरिएका कारण उक्त रकम कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने अवस्था आएको जनाएको छ। कम्पनी ऐनको तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ बमोजिम नबुझिएको लाभांश तोकिएको अवधिपछि लगानीकर्ता संरक्षण कोषमा स्थानान्तरण गरिने व्यवस्था रहेको छ।

कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित सेयर रजिस्ट्रार सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गरी बाँकी रहेको नगद लाभांश प्राप्त गर्न सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको छ। साथै, तोकिएको अवधिभित्र दाबी नगरिएमा सम्बन्धित लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ।

यसैबीच, हालसम्म सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरूलाई सेयर अभौतिकीकरण गराउन तथा हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक नभएकाहरूलाई आवश्यक विवरण अद्यावधिक गर्न समेत कम्पनीले आग्रह गरेको छ।

प्रकाशित मिति : June 7, 2026 at 9:11 am