२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

११ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

२२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ को विन्दुमा पुगेको छ।

आज ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। शुक्रबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन ११ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ५५ करोड ६९ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कालिञ्चोक हाइड्रोपावरको सेयरमा यस दिन पनि सकारात्मक सर्किट लागेकाे छ ।

प्रकाशित मिति : June 5, 2026 at 3:22 pm