२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

६ कम्पनीले २ अर्ब ७८ करोड बराबरको आईपीओ निष्काशन गर्ने, कुनको कति ?

२२ जेठ, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न क्षेत्रका थप ६ कम्पनीले आईपीओ निष्काशनकाे अनुमति माग्दै आवेदन दिएका छन्। आईपीओ निष्काशनकाे अनुमति माग्दै आवेदन दिने कम्पनीहरूमा हाइड्रोपावरतर्फ सुपरहेवा पावर कम्पनी र रघुगंगा हाइड्रोपावर तथा उत्पादन र प्रशोधनतर्फ राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड र प्रिमियर डिस्टिलरी लिमिटेड रहेका छन्।

यी कम्पनीहरूले कुल २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १ सय रुपैयाँ बराबरको कुल २ करोड ७८ लाख ३४ हजार ५ सय ३१ कित्ता सेयर निष्कासनका लागि सेबोन आवेदन दिएका हुन् ।

१. राजेश मेटल क्राफ्ट्स लिमिटेड

राजेश मेटल क्राफ्ट्स लिमिटेड कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गर्न जेठ ७ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेकाे छ ।

२.अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको १० लाख ९ हजार ५३१ कित्ता आईपीओ निष्काशनकाे अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेकाे छ ।

३.युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड

युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणलाई  १६ लाख ५० हजार कित्ता आईपीओ निष्काशनकाे अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेकाे छ ।

४. प्रिमियर डिस्टिलरी लिमिटेड

प्रिमियर डिस्टिलरी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनकाे अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेकाे छ ।

५.सुपर हेवा पावर कम्पनी लिमिटेड

सुपर हेवा पावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणलाइ १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपीओ निष्कासनकाे अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेकाे छ ।

६.रघुगंगा हाइड्रोपावर लिमिटेड

रघुगंगा हाइड्रोपावर लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनकाे अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेकाे छ ।

प्रकाशित मिति : June 5, 2026 at 3:01 pm