२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार ५ गतेभित्र पठाउन आग्रह

२२ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवाला पक्षसँग राय तथा सुझाव माग गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रबार सूचना जारी गर्दै नयाँ मौद्रिक नीतिका लागि आवश्यक सुझाव उपलब्ध गराउन इच्छुक व्यक्ति, व्यवसायी, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ-संस्था र अन्य सरोकारवालालाई आह्वान गरेको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार केन्द्रीय बैंकले प्रत्येक आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुअघि सरोकारवालासँग परामर्श तथा सुझाव संकलन गर्ने अभ्यासअनुसार यस वर्ष पनि सुझाव संकलन प्रक्रिया सुरु गरिएको जनाएको छ। रायसुझाव आउँदो असार ५ गतेभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई–मेल [email protected] मा पठाउन सकिनेछ।

प्रकाशित मिति : June 5, 2026 at 2:46 pm