नेप्सेमा सोपान फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
२२ जेठ,काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता सेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ४५ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
प्रकाशित मिति : June 5, 2026 at 1:17 pm









