२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

प्रि ओपन सेसनमा करिब साढे ३ अंकले बढ्यो नेप्से

२१ जेठ, काठमाडाैं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ३.२३ अंकले बढेर २७८३.४८ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४५ स्टकको ७१ पटकको कारोबारमा ४ करोड ९१ लाख २३ हजार १७१ रुपैयाँ ८० पैसाबराबरको ६५ हजार ७८३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 4, 2026 at 10:57 am