२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

महुली लघुवित्तको २० हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२१ जेठ, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचजा जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् । यस अघि गत कम्पनीले ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर सो अवधिमा विद्यमान संस्थापकबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको संस्थाले जनाएको छ । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : June 4, 2026 at 10:13 am