२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

माउन्ट एभरेष्ट पावरले सर्वसाधारणका लागि असार ३ गतेदेखि आईपीओ निष्कासन गर्ने

२१ जेठ, काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेले असार ३ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु। १०० अंकित दरका १४ लाख २७ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १७ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो।

उक्त सेयर बाँडफाँड गरेपश्चात कम्पनीले अब सर्वसाधारणका लागि जारी आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार ८ गते र ढिलोमा असार १७ गते हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ

प्रकाशित मिति : June 4, 2026 at 9:58 am