२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

उज्यालो नेपाल पार्टीको बागमती प्रदेश सचिवमा श्यामराज पाठक

२१ जेठ, नुवाकोट । उज्यालो नेपाल पार्टीको बागमती प्रदेश सचिवमा श्यामराज पाठक मनोनित भएका छन । नुवाकोटका अध्यक्ष इन्जिनियर रामकृष्ण राजभण्डारीले मनोनयन पत्र सार्वजनिक गर्दै यसको जानकारी दिएका छन ।

उज्यालो नेपालको बागमती प्रदेश कमिटीका संयोजक प्रविणकुमार बलले जेठ १० गते सचिव मनोनयनको पत्र दिएका छन ।

४० वर्षसम्म एमालेमा राजनीति गरेका पाठकले केही महिना अघि पार्टी परित्याग गरेका थिए । उनी एमालेमा नुवाकोट क्षेत्र नम्बर १ प्रदेश २ समन्वय कमिटीका अध्यक्ष र जिल्ला कमिटीको सचिवालय सदस्य रहेका थिए ।

प्रकाशित मिति : June 4, 2026 at 6:33 am