पार्टी अप्ठ्यारोमा परेको बेला नेतृत्व नछोड्ने ओलीको घोषणा
२० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने घोषणा गरेका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रम बोल्दै ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्ने गरी अध्यक्ष नबनेको बताएका छन् ।
‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो सजिलो पर्यो भने अनुकुल बातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याकेर भागिहाल्नु भनेर होइन,’ ओलीले भने ।
उनले आफूले नेतृत्व छाड्छ भन्ने कुनै आशङ्का नराख्न आग्रह गरे । उनले भने, ‘मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशङ्का मनमा नलिनुहोला । म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधान, विधि, प्रक्रिया छन्, त्यसबमोजिम मैले विश्राम लिने स्थिति बन्छ ।’
प्रकाशित मिति : June 3, 2026 at 3:08 pm









