२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकारः केपी ओली

२० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबीन आयोगलाई बयान नदिने बताएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने बताएका हुन् ।

ओलीले विपक्षीलाई फसाउनका लागि पूर्वाग्रह राखेर आयोग गठन गरिएकाले  बयान नदिने बताए ।  ‘यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,’ ओलीले भने, ‘त्यसमा सम्पत्ति विवरण भरेर पठाउदिनँ । जे जे गर्न सक्छ, गरोस् । यो राज्य राज्य होइन।  यो पूर्वाग्रहको पोको हो’

प्रकाशित मिति : June 3, 2026 at 1:53 pm