२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

ओलीले भनेः नतिजा पहिले निर्धारित थियो, चुनाव एउटा तमासा

२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को चुनावी नतिजा पहिले निर्धारित रहेको बताएका छन् । चुनावपछि पहिलोपटक सार्वजनिक भएका ओलीले सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै यो परिणाम पूर्वनिर्धारित नै भएको दाबी गरेका हुन् ।

ओलीले चुनावलाई ‘तमासा’ र ‘नाटक’ भनेका छन् । ‘चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो । यो परिणाम पूर्वनिर्धारित परिणाम थियो,’ ओलीले भने, ‘यही परिणामका लागि चुनाव गराइएको थियो । हाम्रो पार्टीले यो कुरा बुझेको थियो, अरु पार्टीहरुले साँच्चिकै चुनाव हुन्छ ठाने ।’

ओलीले चुनावमा प्रयोग गरिएको मसीमाथि शंका गर्दै चुनावी परिणामको विषय अनुसन्धान गर्नुपर्ने बताए।

प्रकाशित मिति : June 3, 2026 at 1:42 pm