२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

लुम्बिनीमा एमालेका ४ मन्त्रीले दिए राजीनामा

२० जेठ, दाङ । लुम्बिनी प्रदेश सरकारमा सामेल नेकपा (एमाले)का मन्त्रीले राजीनामा दिएका छन् । आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए ।

मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । राजनीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु रहेका छन्।

प्रकाशित मिति : June 3, 2026 at 11:46 am