हिमालयन पावर पार्टनरको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा, न्यूनतम मूल्य कति ?
२० जेठ, काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी रहेको ४ लाख ६८ हजार ७४० कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेर छ । सो सेयर जो कोही व्यक्ति, संस्था वा कम्पनीले किन्न पाउनेछन्। सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् । बोलपत्र जेठ २७ गतेदेखि खुल्नेछ भने असार ४ गतेभित्र पेश गरिसक्नु पर्नेछ ।
त्यस्तो बोलपत्र फाराम बिक्री प्रबन्धक नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडका साथै ग्लोबल आइएमई बैंकका विर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायाणगढ, न्यूरोड–पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगञ्ज–त्रिभुवनचोक, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइन र बुझाउन सकिनेछ ।
प्रकाशित मिति : June 3, 2026 at 10:35 am









