२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुट पाइने

२० जेठ, काठमाडाैं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुर्नजागरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको घोषणा गरेको हो ।

कम्पनीले २०८३ वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका)बीमालेखहरुमा जेठ २० गतेदेखि असार १९ गतेभित्र नविकरण गर्ने बीमितहरुलाई छुट प्रदान गरिने जनाएको छ ।

कम्पनीले ५ वर्षदेखि माथिको अवधिका लागि २५ प्रतिशत, ५ वर्ष व्यतित भएका लागि ५० प्रतिशत र २ वर्ष व्यतित भएका लागि शतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।

२ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एकपटक ब्याज छुट लिईसकेका बीमितहरुलाई पुनःब्याज छुट प्रदान गरिने छैन ।

प्रकाशित मिति : June 3, 2026 at 9:22 am