१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

हर्क साम्पाङले भनेः संसद्‌मा प्रधानमन्त्रीले हाजिर गर्नुभएको छ कि छैन ?

१९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी खोजेका छन् ।  मंगलबारको प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद साम्पाङले प्रधानमन्त्रीको संसद हाजिरी अभिलेख परीक्षण गर्न माग गरेका हुन् ।

राईले प्रतिनिधि सभा नियमावलीको नियम ४ को १ मा प्रत्येक सदस्यले बैठकमा सहभागी हुनु अघि हाजिरी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे। ‘प्रधानमन्त्री आउँदा हाजिर गर्नुभएको छ कि छैन । हेर्न अभिलेख शाखालाई आग्रह गर्दछु। यदि उहाँले हाजिर गर्नुभएको छैन भने प्रतिनिधि सभा सदस्य नरहेको ठहर हुन्छ’, राईले भने, ‘संविधानको धारा ७७ को १ को मा प्रतिनिधि सभा सदस्य नरहेको हकमा प्रधानमन्त्री पदबाट मुक्त हुनुपर्छ भनेको छ। हाजिर अभिलेखमा छ कि छैन।’

प्रकाशित मिति : June 2, 2026 at 3:44 pm