कालिञ्चोक हाइड्रोपावरसहित यी कम्पनीको सेयर मूल्य बढ्यो सर्वाधिक
१९ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ को बिन्दुमा बन्द भएको छ । यस दिन १८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।
आज ३४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो । आज फाइनान्सको सेयर मूल्य सर्वाधिक बढेको छ । यसदिन फाइनान्स समूहको सेयर मूल्य ६.०३ प्रतिशतले बढेको हो । साथै, अन्य ११ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ ।
आज कालिञ्चोक हाइड्रोपावरको सेयर सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन सेन्ट्रल फाइनान्सको सेयर मूल्य १३.६७ प्रतिशत र नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य ९.४४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : June 2, 2026 at 3:13 pm









