१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

सुरक्षा संयन्त्रको अध्ययन समितिको म्याद ४५ दिन थप गर्ने सरकारको निर्णय

१९ जेठ, काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : June 2, 2026 at 1:56 pm