एडिलेड सहित अष्ट्रेलियाका विभिन्न शहरमा मनाइयो `अन्तर्राष्ट्रिय सगरमाथा दिवस´
एडिलेड । फेड्रेसन अफ नेप्लिज कम्युनिटी एशोशियसन अफ अष्ट्रेलिया(फेन्का)द्धारा अष्ट्रेलियाका विभिन्न राज्यहरुमा पदयात्रा सहित विविध कार्यक्रमहरु आयोजना गरि `अन्तर्राष्ट्रिय सगरमाथा दिवस -२०२६´ मनाइएको छ ।
यसै क्रममा फेड्रेसन अफ नेप्लिज कम्युनिटी एशोशियसन अफ अष्ट्रेलिया(फेन्का)को साउथ अष्ट्रेलिया राज्य समितिद्धारा पदयात्रा तथा चित्रकला प्रतियोगिताको आयोजना गरि `अन्तर्राष्ट्रिय सगरमाथा दिवस -२०२६´ मनाइएको छ ।
“हिउँ पग्लिँदै छ, जिम्मेवारी बढ्दै छ” (Melting Ice, Rising Responsibilities) भन्ने मूल नाराका साथ आयोजना गरिएको यस वर्षको कार्यक्रम प्रतिकुल मौषमका बिच स्थानिय मोरियाल्टा कन्जरभेसन पार्क बाट शुरु भएको पदयात्रा मोरियाल्टा फल्स पुगेर करिव एक घण्टाको यात्रा पछि सोहि पार्कमा आएर समापन भएको थियो ।
पदयात्रा समापन पछि आयोजित सभालाई नेपाली समुदायका अगुवा सहित विभिन्न व्यक्तिहरुले दिवसको महत्व र फेन्काका गतिविधी बारेमा चर्चा गर्नु भएको थियो ।
समापनमा आयोजित औपचारिक कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कतिक आयोग सदस्य मञ्जु खड्काले हिमालहरुको रक्षाका लागि बातावरण संरक्षणमा सबैले आ आफ्नो ठाउबाट क्रियाशिल रहनु पर्ने बताउनु भयो ।
कार्यक्रममा फेन्का अष्ट्रेलियाका उपाध्यक्ष कपिल पाण्डेले फेन्काको स्थापना र एभरेष्ट डे का सन्दर्भमा फेन्काका गतिविधि माथी चर्चा गर्नु भएको थियो ।
एनआरएनए साउथ अष्ट्रेलिया संयोजक थीर गुरुङले विश्वको शिर सगरमाथा वातावरण संरक्षणका लागि आग्रह गर्नु भएको थियो ।
फेन्का साउथ अष्ट्रेलिया संयोजक पुष्कर कोईरालालको संचालनमा भएको कार्यक्रममा एडिलेड नेपाली विद्यालय र नेपाली पाठशालामा आयोजित चित्रकला प्रतियोगिताका विजयी बालबालिकाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
जसमा उमेर ९ बर्ष माथी उमेर समुहमा प्रथम – सुनिधि शाह दोस्रो – ड्रिजल बिष्ट र ग्रिष्मा पाण्डे , तेस्रा – रुबी आचार्य , उमेर -९ बर्ष मुनी समुह प्रथम – सवना पहाडी र दोस्रो – गायत्री ढुंगाना, तेस्रा – वृधि गिरी भएका थिए ।
नेपालको झल्को आउने एडिलेडको माउन्ट लफ्टी क्षेत्रको झरना, खोल्चा, पहाडी बाटोको हिडाईमा समुदायका बालबालिकाहरु रमाइलो मानेका थिए । पदयात्रामा नेपाली समुदायका अगुवाहरुको वाक्लो उपस्थित रहेको थियो ।
फेन्का अष्ट्रेलियका उपाध्यक्ष तथा सगरमाथा दिवस संयोजक कपिल पाण्डेले अष्ट्रेलियाका सबै राज्यहरुमा सगरमाथा दिवसको सन्दर्भमा कार्यक्रमहरु सम्पन्न भएका छन् । मे २९ का दिन जलवायु परिवर्तन र हिमालयन क्षेत्रमा यसले पारेको गम्भीर असरबारे राष्ट्रिय वेबिनार (अन्तरक्रिया) आयोजना गरिएको थियो । भने शनिवार मे३० मा सिड्नी, मेलवर्न, एडिलेड, पर्थ, क्यानवेरा, ब्रिसवेन लगायतका शहरहरुमा पदयात्राहरु आयोजना गरिएको थियो ।


प्रकाशित मिति : June 2, 2026 at 11:05 am









