५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

नेविसंघको अध्यक्षमा करुणा कटुवाल

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन् । सभापति गगन थापाले आज कटुवाललाई नेविसंघ अध्यक्ष नियुक्त गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको निर्णय बमोजिम सभापति थापाले विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संघ नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरेका हुन्।

प्रकाशित मिति : June 1, 2026 at 6:04 pm