१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित

१८ जेठ, काठमाडौं। प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले मंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

दोस्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर विपक्षी दलले निरन्तर विरोध जनाएपछि सभामुख अर्यालले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : June 1, 2026 at 5:18 pm