१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन

१८ जेठ, काठमाडौं । संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा छानबिन समिति गठन भएको छ । सभामुख डोलप्रसाद अर्यालले आइतबार भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेका हुन् ।

प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य रहेको समिति गठन भएको हो।

‘प्रतिनिधि सभाको मिति २०८२ जेठ १७ गतेको बैठकमा सभाका केही माननीय सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानी नोक्सानी र क्षति समेत रहेको व्यवहोरा प्रतिनिधि सभा नियमावली २०८३को नियम ३३ को उपनियम ४ बमोजिम सभामुखलाई विस्तृत जानकारी हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस सम्बन्धमा थप जाँचबुझ गरी ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने गरी सचिव प्रकाश अधिकारी संयोजक, संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको व्यहोरा जानकारी गराउँदछु,’ उनले भने।

प्रकाशित मिति : June 1, 2026 at 5:10 pm