सेयर बजारमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
१८ जेठ, काठमाडाैं । आगामी आर्थिक वर्षको बजेट भाषणपछिको पहिलो कारोबारकाे दिन सेयर बजारमा गिरावट आएको छ । साेमबार नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ को विन्दुमा पुगेको छ। आज ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सोमबार आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४३ करोड ४ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से घटेपनि यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन कालिञ्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हो। आज आखुखोलाको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । सो कम्पनीको यस दिन ४३ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बुंगल हाइड्रोको सेयरमूल्य यस दिन सर्वाधिक १३.२० प्रतिशत घटेको छ।
प्रकाशित मिति : June 1, 2026 at 3:31 pm









