बजेट भाषणपछिको पहिलो कारोबारको दिन यी कम्पनीमा झुम्मिए सेयर लगानीकर्ता
१८ जेठ, काठमाडाैं । आगामी आर्थिक वर्षको बजेट भाषणपछिको पहिलो कारोबारकाे दिन सेयर बजारमा गिरावट आएको छ । साेमबार नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ को विन्दुमा पुगेको छ। आज ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सोमबार आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको यस दिन ४३ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे २५ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ ।

प्रकाशित मिति : June 1, 2026 at 3:17 pm









