विपक्षी दलहरुको बैठक बस्दै, प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे छलफल हुने
१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दैछ ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ः०० बजे विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने उनको सचिवालयले बताएको छ ।
नेता आङ्देम्बेले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई बोलाएका छन् ।
आज दिउँसो १ः०० बजे प्रतिनिधिसभा र १ः१५ बजे राष्ट्रियसभाको बैठक आह्वान भएको छ । त्यसअघि प्रमुख विपक्षी दलले सबै विपक्षी दललाई बोलाएर बैठक गर्न लागेको हो ।
प्रकाशित मिति : June 1, 2026 at 11:40 am









