कांग्रेस सांसद केसीलाई सरकारको तर्फबाट प्रधानमन्त्रीलाई प्रश्न सोध्न दिएपछि …
१७ जेठ, काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई सरकारको तर्फबाट प्रधानमन्त्रीलाई प्रश्न सोध्न समय दिए पनि संसदमा कसैले चाल नपाएको पाइएको छ ।

सभामुखले कांग्रेसका केसीलाई सरकारको तर्फबाट प्रधानमन्त्रीलालाई प्रश्न सोध्न समय दिए । न त त्यसको केसीले प्रतिवाद गरे । न त अरूले नै नियमापत्ति गरे । सभामुख अर्यालले पनि यस विषय सच्याउन चाहेनन् । आइतबारको बैठकमा केसीले प्रधानमन्त्रीको प्रशंशामा केही समय खर्च गरेका थिए । तर उनी बोल्दा बोल्दौ थुरथुर काँपेपछि बसेर बोल्ने सुविधा दिइएको थियो ।
प्रकाशित मिति : May 31, 2026 at 10:36 pm









